आइतबारदेखि सुरु भयो आईसीसी टी–२० विश्वकप, पहिलो खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७८ दिन अगाडि
आइतबारदेखि सुरु भयो आईसीसी टी–२० विश्वकप, पहिलो खेलमा आयोजक अमेरिका र क्यानडा भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप आइतबारदेखि सुरु भएको छ । पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडाको सामना गर्दैछ । खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा आज आयोजक अमेरिका र क्यानडा भिड्दै छन् । अमेरिकाको टेक्सासस्थित ड्यालसमा नेपाली समयअनुसार बिहान ६ः१५ बजेदेखि सुरु हुने खेलमा अमेरिकाले पहिले फिल्डिङ गर्ने भएको छ ।

खेलका लागि भएको टस जितेर अमेरिकाले फिल्डिङ रोज्दै क्यानडालाई ब्याटिङको निम्तो दिएको हो । प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् ।