आइसिसी टी–२० विश्वकप -क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७८ दिन अगाडि
आइसिसी टी–२० विश्वकप -क्यानडाविरुद्ध अमेरिका ७ विकेटले विजयी 

एजेन्सी- घरेलु टोली अमेरिकाले आइसिसी टी–२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । आयोजक राष्ट्रको हैसियतमा टी–२० विश्वकप खेलेको अमेरिकाले उद्घाटन खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित दर्ता गर्यो ।

पछिल्लो समय उत्कृष्ट लयमा देखिएको अमेरिकाले १९५ रनको विशाल लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।  अमेरिकालाई जिताउनका लागि आरोन जोन्सले नट आउट ९४ रनको पारि खेले ।

लक्ष्य पछ्याउने क्रममा सुरुआत भने राम्रो रहेन । २ बल फेस गरेका स्टेभन टेलर खाता नखोल्दै आउट हुँदा अमेरिकाले पहिलो विकेट गुमाएको थियो । त्यसपछि कप्तान मोनाक पटेल र एन्ड्रिस गोउसले पारि अघि बढाए । मोनक पटेल १६ बलमा १६ रन बनाएर आउट हुँदा अमेरिकाले ६.३ ओभरमा ४२ रन बनाएको थियो । त्यसपछि एन्ड्रेस र आरोन जोनसनले उत्कृष्ट प्रदर्शन गरेपछि क्यानडाले दिएको विशाल लक्ष्य पनि अमेरिकाले सहज पूरा गर्नका लागि आधार तय भयो । यी दुई बिच ५८ बलमा १३१ रनको साझेदारी भएको थियो । एन्ड्रेस ४६ बलमा ६५ रन बनाएर क्याच आउट भएका थिए । उनले तीन छक्का र सात चौका प्रहार गरे । उनी आउट हुँदा अमेरिकाले १५.४ ओभरमा १७३ रन बनाएको थियो । त्यसपछि जोन्स र कोरि एन्डरसनले जिताए । जोन्सले ४० बलमा ९४ रनको नट आउट पारि खेल्दा १० छक्का र चार चौका प्रहार गरे । एन्ड रसन ५ बलमा ३ रनमा नट आउट रहे । क्यानडाका कलिम साना, डिलोन हेइलगर र निखिल दत्तले एक एक विकेट लिए ।

डालासको ग्रान्डपेरी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो ।क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रूपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रन आउटको सिकार भए । उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए ।नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए । यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो । तेस्रो विकेटको रूपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे । १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए । तर, बजवा ५ बलमा ११ रन बनाएर रन आउट भएपछि क्यानडाले १९ औँ ओभरमा पाँचौँ विकेट गुमाउन पुग्यो । क्यानडाले १९ ओभरमा ५ औँ विकेट गुमाउँदा १७३ रन बनाएको थियो । 

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए । यी दुई खेलाडीले ७ बलमा २३ रनको नट आउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले ।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए ।