मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०१ दिन अगाडि
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा 

काठमाडौँ -मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभामा पेस भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइतबारको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्‘ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि अब राष्ट्रिय सभा बैठकमा छलफल सुरु हुने भएको हो । मन्त्री शर्माले विधेयकमा नेपालको संविधानमा उल्लेख गरिएको समावेशितालाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको बताइन् । 

विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै उनले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको उनले बताइन् । आम सञ्चार नीतिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्त्वपूर्ण योगदान दिने उनको भनाइ थियो ।