काठमाडौँ - विश्वकप फुटबलको छनोटअन्तर्गत युएईविरुद्धको दोस्रो खेलका लागि साउदी अरब जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई आइतबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राजधानीमा एक समारोहको आयोजना गर्दै युएई र यमनसँगको खेलका लागि साउदी जान लागेको फुटबल टोलीको बिदाइ गरेको हो । यसअघि मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले वसन्त जिम्बा, आशिकबाबु चौधरीलगायत रहेको २३ सदस्यीय टोलीको घोषणा गरेका थिए ।
नेपालले जेठ २४ गते दशरथ रङ्गशालामा युएईको सामना गर्ने तय थियो । तर, एसियन फुटबल महासङ्घ (एएफसी)ले रङ्गशाला खेल खेलाउन योग्य नरहेको पुष्टि गरेको थियो । त्यसपछि यो खेल ‘न्युट्रल भेन्यु’ साउदी अरेबियमा सारिएको हो । युएईसँग खेलेको पाँच दिनपछि नेपालले यमनसँग अर्को खेल खेल्ने छ ।
नेपाली टोलीः
गोलकिपर -किरण चेम्जोङ (कप्तान), विशाल सुनार, अभिषेक बराल
डिफेन्डर-अभिषेक लिम्बू, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई, विशाल बस्नेत, रोहित चन्द
मिडफिल्डर- भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा, आशिष राई
फरवार्ड- जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान, आशिकबाबु चौधरी