प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७८ दिन अगाडि
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने

 काठमाडौ -काठमाडौं संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ।

सोमबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने दैनिक कार्यसूचीमा उल्लेख  छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र८० पेश गर्न लागेका हुन्।

राजश्व व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्ने कार्यसूची छ। यसैगरी आर्थिक वर्ष २०८१र८२ को  राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेन। राजश्व र व्ययको वार्षिक अनुमानमाथि आइतबारदेखि छलफल सुरू भएको हो।