काठमाडौँ - वैचारिक बहसको मञ्च डिस्कोर्स डबलीले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बहस कार्यक्रम गरेको छ ।
सोमबार काठमाडौँ स्थित आरआर क्याम्पसको प्रर्दशनीमार्गमा संविधानमा जातीय भेदभाव नगर्ने भनेर घोषणा गर्दा पनि आजसम्म लागु नभएको भन्दै बहस गरेका हुन् । कार्यक्रममा सहभागी कानुन विद्यार्थी रञ्जना कामीले, गाउँ र सहरमा जातीय विभेद घट्दो भन्दा पनि बढ्दो क्रममा रहको गुनासो गरिन् ।
धेरै पढेलेखाकाहरुबाट नै झन् धेरै जातीय विभेद हुने गरेको भन्दै भनिन्, ‘गाउँ र सहरमा जातीय विभेद केही फरक छैन । सहरमा अलिकति स्टान्डर्ड मेनटेन गर्न खोज्छन् त्यतिमा फरक हो । तर जातीय विभेद जहाँको त्यहीँ नै छ । बरु बढिरहेको छ । तर कम भने अलिकति पनि भएको छैन । जुन ठाउँमा जातीय विभेद गर्न हुँदैन भनिन्छ त्यही ठाउँमा झन् धेरै भेदभाव हुन्छ । म त भन्छु कक्षा ५ देखिनै जातीय भेदभाव सम्बन्धी छुट्टै पाठ्यक्रम राख्नुपर्छ । किनकि मास्टर डिग्री पढेकाहरूले झन् धेरै भेदभाव गरेको पाइन्छ । तिनीहरूलाई पढे लेखेको भन्ने हामीले ?’
भर्खर जातीय विभेद अन्त्यका लागि सामाजिक कथावस्तुमा आधारित गत १० गतेदेखि प्रदर्शनमा आएको फिल्म पुजार सार्कीको समेत टिप्पणी गरेकी छिन् । उनले फिल्मले बिजनेस ग¥यो पैसा कमायो आफ्नो व्यापार गरेको छ तर फिल्मले केही परिवर्तन नहुने उनको भनाई छ । उनले भनिन्, ‘लाईक फलोअर्सको लागि भाइरल हुन जे पनि गर्ने जमाना आइसक्यो, उदाहरणका लागि खुलेआम भन्छु भर्खरै प्रदर्शनमा आएको फिल्म पुजार सार्की फिल्मले बिजनेस ग¥यो । तर परिवर्तन केही पनि हुँदैन । पैसा कमायो आफ्नो व्यापार गयो ।’