बजेट अन्तरविरोधी रहेको  गुनासो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८८ दिन अगाडि
बजेट अन्तरविरोधी रहेको  गुनासो

काठमाडौँ - नेकपा एमालेका सांसद रघुजी पन्तले बजेट आफैँ भित्र केही केही अन्तर्विरोधी रहेको बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा उनले बजेटले आफै दिएको लक्ष्यअनुसारको बजेट रकम दिन नसकेको भन्दै अन्तर्विरोधी रहेको बताए । उनले भने, ‘बजेटमा कृषिमा लगानीको दशक घोषणा गर्नु भएको छ, तर कृषि मन्त्रालयमा बजेट घटेको छ । लैङ्गिक समानताको कुरा छ, तर बालबालिका मन्त्रालयको बजेट घटेको छ । मिल्यो मिलेन नि त्यस कारण बजेट आफै भित्रमा केही केही अन्तर्विरोधी छ । बजेटले आफैँ एउटा कुरा गरेको छ, त्यो अनुसारको बजेट रकम छुट्टाइएको छैन । अनि कसरी काम पूरा हुन्छ । यस्ता प्रश्नहरू विगतका बजेटमा पनि थिए यसमा पनि छ ।’ 

बजेटले राखेका लक्ष्यहरू व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? भन्ने प्रश्न गर्दै लक्ष्यहरू नपुरो नहुने हिसाबले काम गर्नुपर्ने बताए । उनले भने, ‘हामीले बजेट ल्याएका छौँ तर त्यो बजेट भोली व्यवहारमा जाँदा, कार्यान्वयन गर्दा तोकिएको लक्ष्यलाई पूरा गर्न बजेट सक्षम हुन्छ कि हुँदैन ? त्यहाँबाट हामीले बजेको मूल्याङ्कन गर्नुपर्छ । मैले मेरो पार्टीले साथ दिएको सरकार हो त्यसैले यो बजेटलाई पनि साथ दिन्छौ, भोट हाल्छौँ ।

तर के पनि चाहन्छौ भने यो भोली व्यवहारमा जाँदा कार्यान्वयन होस्, भोली यो बजेटले राखेका लक्ष्यहरू अपूरा नहुन् र जनतालाई जे प्रतिबद्धता जाहेर गरेको छ भोली फेरि जनताको सम्मुख जाँदा अर्को पाली बजेट प्रस्तुत गर्दा पहिलाको बजेटमा राखेका कुरा पुरा गर्न सक्यौ भन्न सक्नु पर्छ ।’  जुन बजेटले आर्थिक उत्पादन, गतिशीलता, औद्योगिक क्षेत्रलाई प्रोत्साहित गर्ने कृषि क्षेत्रलाई प्रोत्साहित गर्ने, काम गर्दैन त्यस्तो पुँजीगत खर्चमा अलि पारदर्शी र कडा भएर हेर्न आवश्यक रहेको पनि उनको भनाइ छ ।