बेल्जियममा एनआरएनए विवाद,अध्यक्षको एकलौटी निर्णयपछि महासचिवको आपत्ति

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०० दिन अगाडि
बेल्जियममा एनआरएनए विवाद,अध्यक्षको एकलौटी निर्णयपछि महासचिवको आपत्ति

काठमाडौं- बेल्जियम गैर आवासीय नेपाली सङ्घ बेल्जियमकी अध्यक्ष सिता सापकोटाले विधान विपरीत एकलौटी निर्णय गरेको भन्दै एनआरएनए बेल्जियममा विवाद सिर्जना भएको छ ।

गैर आवासीय नेपाली सङ्घ बेल्जियमको सोमवार ३ जुनमा बोलाइएको बैठकप्रति महासचिव रुविना शर्माले अध्यक्ष सापकोटाले विधान विपरीत एकलौटी निर्णय प्रति ध्यानाकर्षण भएको जनाएकी छन्।

महासचिव रूविनाले सोमवार एक विज्ञप्ति जारी गर्दै विधानको धारा १२.५ को उपधारा १२.३.५ मा अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउन सक्ने वैधानिक प्रावधान भए पनि अध्यक्ष सापकोटाले एकलौटी निर्णय गरेको बताइन । उनले अध्यक्ष सापकोटाले विधान विपरीत उपमहासचिवको प्रयोग गरिएको प्रति आफ्नो ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्षले संस्थाको महासचिवसँग कुनै परामर्श विना आव्हान गरेको बैठक तत्काल स्थगित गरेर संस्थाको आन्तरिक समस्या समाधान गरी बैठक बोलाउन उनले आग्रह गरेकी छन् ।

गैर आवासीय नेपाली सङ्घको अभियान नै निकै अप्ठ्यारो परिस्थितिमा गुज्रिएको अवगत गराउँदै शर्माले सर्वोच्च अदालतको फैसलाको भावना अनुरूप सबै पक्षलाई समेटेर सामाजिक एकता र सद्भाव राख्नुपर्ने अवस्थामा एकल र विधान विपरीत बैठक बस्नु अदालतको मानहानि गरेको उनको ठहर छ । संस्थाको विधान र सर्वोच्च अदालतको भावना समेत अवहेलना गर्दै एकलौटी रूपमा बोलाइएको बैठकमा भएका निर्णयहरूप्रति कानुनी र  नैतिक प्रश्न समेत उठ्न सक्ने भन्दै शर्माले कार्यसमिति सदस्यहरूलाई संस्थागत एकताको पक्षमा उभिन समेत आग्रह गरेकी छन् ।