काँग्रेसले उत्ताउलोपन देखायो  योगेश भट्टराई

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७०० दिन अगाडि
काँग्रेसले उत्ताउलोपन देखायो  योगेश भट्टराई

काठमाडौँ - नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद् अवरोध गरेर नेपाली काँग्रेसले उत्ताउलोपन देखाएको आरोप लगाएका छन् । 

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले काङ्ग्रेसको सोच र विचारप्रति दया लागेर आएको सुनाए । ‘काङ्ग्रेसको तर्फबाट जुन खालका गतिविधिहरू भए, जुन खालको उत्ताउलो परिस्थिति सिर्जना भयो त्यो अचम्मलाग्दो छ । अघिल्लो दिनसम्म भगवान् जस्तो प्रस्ताव गर्ने व्यक्ति भोलिपल्ट ८ बजे कसरी अपराधी हुन पुगेको होला ?’ उनले सहकारी छानबिन समिति निर्माणका क्रममा भएको गतिविधितर्फ लक्षित गर्दै भने । 

सांसद भट्टराईले काँग्रेसका नेताहरू ऐना पुछेर सफा बनाउने भन्दा पनि फुटाउनतर्फ लागेको औँल्याए । ‘काङ्ग्रेसको अनुहारमा कालो पोतिएको होला, ऐना पुसेर हुदैँन् । ऐना पुस्ने होइन पछिल्लो कालमा काङ्ग्रेसका साथीहरू ऐना फुटाउन तिरनै जानु भएको हो कि जस्तो लागेको छ,’ उनले अगाडि भने,‘ऐना एक ठाउँको फुट्ला तर तल्लैपिछे, पसलै पिछे ऐना छन् त्यसैले सबै फुटाउन सकिदैँन् ।’

विगतमा भएका अनियमितता र भ्रष्टाचार प्रकरणको छानबिन हुनुपर्ने बताउँदै उनले भने, ‘०४६ सालपछि अथवा अगाडि कुन कुन बेलाको छानबिन गर्नुपर्ने हो एमाले प्रत्येक छानबिनको लागि तयार छ । टेरामक्स, एनसेल, बाँसबारी कहाँको गर्ने हो एमाले तयार छ ।’