मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९९ दिन अगाडि
मधेशका मुख्यमन्त्रीले २८ जेठमा विश्वासको मत लिने

काठमाडौँ - मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले २८ जेठमा मात्र विश्वासको मत लिने भएका छन् ।

बुधवार विश्वासको मत लिने तयारी गरेका उनले स्वास्थ्य अवस्था ठिक नभएको भन्दै २८ जेठमा विश्वासको मत लिने भनी प्रदेशसभामा जानकारी गराएका छन् ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवका बुधवार संसदीय दलको बैठकले २८ जेठमा विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको छ ।

३० वैशाखमा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्नेछ ।