नेपालको सम्पत्ति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आएन : प्रभु साह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९८ दिन अगाडि
नेपालको सम्पत्ति विदेश लैजान नदिने कार्यक्रम बजेटमा आएन : प्रभु साह

काठमाडौं - सिक्किमका चर्चित हास्य कलाकार पदम तामाङ नेपाली फिल्म ‘मायाका रंगहरु’मा अनुबन्धित भएका छन् ।

फिल्म साइन गर्नको लागि तामाङ यतिबेला काठमाडौंमा छन् । निर्माता केवल तामाङ र पदमबीच फिल्मबारे लिखित सम्झौता भएको छ । यो फिल्मबाट पदमले अभिनय करिअर थाल्दैछन् । यसअघि यो फिल्ममा पल शाह, सुनिल थापा र बुद्धि तामाङ जोडिएका छन् ।नायिकाको भूमिकाका लागि अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ । प्रमिस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र इलामसँगै भारतको दार्जिलिङमा गरिने जनाइएको छ ।

पुनम तामाङ प्रस्तुतकर्ता रहको फिल्मको निर्माता आरबी थाङदेन हुन् । फिल्ममा भद्र भुजेल र राम मेहराको मुख्य सहायक निर्देशन, सौरभ लामाको छायांकन, शेखर ज्ञवालीको कथा, ताराप्रकाश लिम्बू, उर्गेन दोङ, मेचु धिमाल र दीपक शर्माको संगीत, सुस्मा सोनम, रामजी लामिछाने र कृष्ण तामाङको कोरियोग्राफी रहनेछ ।
 फिल्मका सहनिर्माता जेनिश न्यौपाने र दीपेन्द्र चिलवाल हुन् । फिल्मको हेड अफ प्रोडक्सन तथा लाइन प्रोडुसरमा सिक्किमबाट टीकाराम अधिकारी, दार्जिलिङबाट सुवास क्षेत्री हुनेछन् ।