काठमाडौ-नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको निधन भएको छ।
उपचारका लागि भारतको हैदरावाद जाने क्रममा बुधबार राति खनालको निधन भएको हो । एमाले जिल्ला सचिव राम कोइरालाका अनुसार अध्यक्ष खनाल लामो समयदेखि पेटसम्बन्धी बिरामी थिए ।
यसअगाडि पनि हैदरवादमा उपचार गरेर फर्किएका खनाल फलोअप गर्न अस्पताल गएको उनको भनाइ छ । खनाल बराहक्षेत्र नगरपालिकाका पूर्वमेयरसमेत हुन्।