सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ९०४ दिन अगाडि
सतिश सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने जनमतको निर्णय

काठमाडौ -जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिए । मधेशमा जनमको नेतृत्वमा सरकार बनाउने एमाले, माओवादी केन्द्रले सहमति गरिसकेको छ ।

संसदीय दलका नेता महेशप्रसाद यादवलाई मुख्यमन्त्री बनाउने जनमतको तयारी थियो । तर, अन्तिम अवस्थामा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनी सप्तरी क्षेत्र नं। २ (क)बाट प्रत्यक्ष निर्वाचित छन् ।आजै सिंहलाई मुख्यमन्त्री बनाउन दलहरूले बहुमतसहित प्रदेश प्रमुखलाई दावी पेस गर्ने दलहरूको तयारी छ ।