सप्त पातल पोखरीमा कमलको फुल रोप्ने ललितपुरमा महानगरको तयारी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९७ दिन अगाडि
 सप्त पातल पोखरीमा कमलको फुल रोप्ने ललितपुरमा महानगरको तयारी

काठमाडौँ -ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्त पातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । 

शुक्रवार ललितपुरको लगनखेलस्थित सप्त पातल पोखरीको अनुगमनमा गएका ललितपुरका मेयर चिरिबाबु महर्जनले ३० रोपनी जग्गा राजदलसँग फिर्ता लिएर पोखरी निर्माण कार्य सुरु गरेको बताए । १.२ मिटर गहिराइमा रहेको पोखरी कमलको फुल फुलाउनका निम्ति १.५ मिटर चाहिने हुनाले सोही अनुरूप काम थालेको उनले बताए । 

उनले भने, ‘यो क्षेत्र हामीले राजदल गणसँग फिर्ता लिएका हौँ । यसको क्षेत्रफल लगभग ३० रोपनी छ । अहिले हामीले यहाँ कमलको फुल फुलाउने तयारीमा छौँ । पोखरी १.२ मिटरको गहिराइमा छ । यसको फाइनल गहिराई १.५ मिटर हुने गरी काम सुरु गरेका छौँ । माटो झिकिरहेको छौँ । १.५ मिटरमा पानी जम्ने गरी बनाउँछौँ । यहाँ कमलको फुल फुल्छ । मलाई लाग्छ डेढ दुई वर्षमा कमलको फुल फुल्छ ।’