मैथिली भाषामा शपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९७ दिन अगाडि
मैथिली भाषामा शपथ लिएर मुख्यमन्त्रीको काम थाले सतिश सिंहले

काठमाडौँ - मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

शुक्रवार दिउँसो सिंहलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा शपथ लिएका थिए । 

मदेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रवार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेस गर्न समय दिएकी थिइन् । जनमत पार्टीको पक्षमा सरकार बनाउने सङ्ख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले दाबी पेस गरेका थिए । 

सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल सङ्घीय समाजवादीको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।  १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।