किसान नेट र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले सञ्चालन गर्न लागेको किसान नेट ब्रोडब्याण्डको पाइलट प्रोजेक्ट कोसी प्रदेशको इटहरीबाट आइतबारदेखि सुरु हुने भएको छ।
सात प्रदेशको १५ ग्रोथ सेन्टरमा साना किसानका पदाधिकारी,अगुवा, प्रबन्धक र उप प्रबन्धक सम्मिलित अभिमुखीकरण सम्पन्न गरेको किसान नेटले पूर्वको इटहरीबाट पाइलट प्रोजेक्ट सर्वेक्षण कार्यशाला सुरु गर्न लागेको किसान नेटका निर्देशक मदन पौडेलले जानकारी दिएका छन्।
सुनसरी र मोरङ केन्द्रित पाइलट प्रोजेक्ट सर्वेक्षण कार्यशाला २७ गते आइतबार इटहरीमा हुने छ भने झापा र इलाम केन्द्रित पाइलट प्रोजेक्ट सर्वेक्षण कार्यशाला सोमवार २८ गते बिर्तामोडमा हुने किसान नेटले जनाएको छ।
ग्राहक पनि मालिक पनि, किसानको नेट किसान नेट, किसान पथ महाअभियान भएको नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठकले बताए ।