चार हजारले घट्यो सुन 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७२ दिन अगाडि
चार हजारले घट्यो सुन 

काठमाडौँ । आइतबार सुनको भाउ एकै दिन तोलामा ४ हजार रुपैयाँ घटेको छ । 

शुक्रबार हालसम्मकै उच्च मूल्यमा कारोबार भएको सुन आज ४ हजार घटेर  तोलाको १ लाख ४१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । 

महासंघका अनुसार चाँदीको भाउ पनि तोलामा ७५ रुपैयाँ घटेको छ । शुक्रबार तोलाको १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

महासङ्घले आज चाँदीको मूल्य समेत घटेको जनाएको छ । महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा ७५ रुपैयाँ घटेको हो । यससँगै आज चाँदीको मूल्य तोलामा १८ सय २५ रुपैयाँ कायम छ ।