कर्णाली नदी माथिको झोलुंगे पुलको जाली फुत्किँदा फसे १३ खच्चड

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९५ दिन अगाडि
कर्णाली नदी माथिको झोलुंगे पुलको जाली फुत्किँदा फसे १३ खच्चड

काठमाडौ -दैलेखमा १३ वटा खच्चड कर्णाली नदी माथिको झोलुंगे पुलमा फसेका छन्।

दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्युला र अछामको पञ्चदेवल नगरपालिका जोड्ने झोलुंगे पुलको जालीबाट खुट्टा छिर्दा १३ वटा खच्चड दुई घन्टादेखि फसेका छन्। आइतबार बिहान पञ्चदेवल नगरपालिकातर्फबाट सामान लिन आठबीस नगरपालिकाको राकम बजार आउँदै गर्दा पुलको छेउको जालीमा खच्चड फसेको आठबिस नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेकबहादुर माझीले बताए।

स्थानीय दीलबहादुर थापाका अनुसार पुलको हिँडने भाग एकातर्फ झुकेको छ। उक्त भाग झुकेपछि खच्चडका खुट्टा जालीमुनि परेको उनले बताए।  ‘पुलको जाली फुस्किएर खच्चडहरू छिरेका छन्, उद्दार गर्न पनि त्यति सम्भव देखिँदैन,’ थापाले भने, ‘खच्चडहरू रक्ताम्य भइसके, उद्दार गरे पनि कतिपय खच्चड मर्छन होला, उद्दार गर्न नसकिए सबै मर्छन्।’