झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८७१ दिन अगाडि
झोलुंगे पुलमा फसेका खच्चडमध्ये ९ वटाको उद्धार, २ वटाको मृत्यु

काठमाडौं -अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लट्ठा चुँडिदा फसेका ९ वटा खच्चड सकुशल उद्धार गरिएको छ ।

उद्धार गर्ने क्रममा २ वटा खच्चडको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिए । अछामबाट दैलेख आउने क्रममा आज बिहान पुलको लट्ठा चुँडिदा फसेकामध्ये अझै २ वटाको उद्धार गर्नै बाँकी रहेको  जानकारी दिए । पुलबाटै उद्धार सम्भव नभएपछि तार काटेर कर्णालीमा खसाल्न थालिएको थियो ।

पुलबाट खसालिएका खच्चडलाई नदीमा डुंगाबाट उद्धार गरिएको थियो ।स्थानीय भरत साउदका अनुसार फसेका फसेका बाँकी च्चड निकाल्न झनै जोखिम छ । ‘तार काटेर झारियो भने सिधै मर्ने भए । तिनको उद्धार गर्न अछामबाट सशस्त्रको अर्को टोली आउँदैछ’, उनले भने । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुल अछामको पञ्चदेवल विनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ । पुलको लट्ठा चुँडिदा दैलेख–अछाम आउजाउ गर्नेसहित विद्यार्थीहरु पनि प्रभावित भएका छन् ।