इटहरी- नेपाल–भारत मानव विकास तथा मैत्री संघका अध्यक्ष सूर्य भुसालले नेपाल भारत सम्बन्ध अझ प्रगाढ बनाएर भारतीय संवृद्धिको भरपुर उपयोग गर्नु पर्ने बताएका छन् ।
नेपाल भारत मानव विकास एवं मैत्री सङ्घले सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष सूर्य भुसालले वर्तमान अवस्थामा नेपाल भारत सम्बन्ध अझ प्रगाढ बनाएर लैजानु पर्ने बताएका छन् ।
कार्यक्रममा उहाँले आर्थिक संवृद्धिका लागि पनि त्यस किसिमको फाइदा लिन सक्नु पर्नेमा जोड दिए ।
पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष भुसालले नव नियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ कार्यकालका लागि बधाई तथा भारतीय जनतालाई शुभकामना दिँदै भारत र नेपाल दुवै देशको स्थिर सरकारमा पनि जोड दिए । भारतमा स्थिर सरकार रहे नेपालको संवृद्धिमा पनि सहज हुने भुसालको टिप्पणी थियो ।
अब नेपालले भारतबाट आर्थिक सदाशयता लिन मात्र केन्द्रित हुनु पर्नेमा अध्यक्ष भुसालको जोड थियो।