इटहरी, सुनसरी - किसान नेट र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घले सञ्चालन गर्न लागेको किसान नेट ब्रोडब्याण्डको पाइलट प्रोजेक्ट कोसी प्रदेशको इटहरीमा एक विशेष समारोहको आयोजना गरी उद्घाटन गरिएको छ ।
किसान नेटका अध्यक्ष सूर्य भुसालको अध्यक्षतामा आयोजित समारोहमा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घकी उपाध्यक्ष मिना ढकालले कार्यशालाको उद्घाटन गरिन् ।
सात प्रदेशको १५ ग्रोथ सेन्टरमा साना किसानका पदाधिकारी,अगुवा, प्रबन्धक र उप प्रबन्धक सम्मिलित अभिमुखीकरण सम्पन्न गरेको किसान नेटले पूर्वको इटहरीबाट पाइलट प्रोजेक्ट सर्वेक्षण कार्यशाला सुरु गर्न यो प्राेजेक्ट सुरु गरेको हो ।

सुनसरीको इटहरीमा आयोजित समारोहमा सुनसरी र मोरङका अगुवा साना किसान, कृषि सहकारी सङ्घका पदाधिकारी, प्रबन्धक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
झापा र इलाम केन्द्रित पाइलट प्रोजेक्ट सर्वेक्षण कार्यशाला भने सोमवार २८ गते बिर्तामोडमा हुने किसान नेटले जनाएको छ। ग्राहक पनि मालिक पनि, किसानको नेट किसान नेट, किसान पथ महाअभियान भएको किसान नेटका अध्यक्ष सूर्य भुसालले प्रकाश परे ।
