भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९४ दिन अगाडि
भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे

काठमाडौँ -भारतको दुई दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मसँग शिष्टाचार भेट गरेका छन् । 

 नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मीसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रपति मुर्मी र प्रधानमन्त्रीबिच नेपाल–भारतबिच सदियौँदेखि रही आएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।  दुई देशबिचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विषयमा समेत छलफल भएको दाहाल सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका हुन् । शपथ ग्रहणपछि आइतबार नै प्रधानमन्त्री दाहाल र समकक्षी मोदीबिच भेटवार्ता भएको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डल आज(सोमबार)साँझ  स्वदेश फर्कने तालिका छ ।