सुदूरपश्चिममा स्वतन्त्र सांसदले गरे मन्त्री पद अस्वीकार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९४ दिन अगाडि
सुदूरपश्चिममा स्वतन्त्र सांसदले गरे मन्त्री पद अस्वीकार

काठमाडौ-सुदूरपश्चिम प्रदेशका स्वतन्त्र प्रदेशसभा सदस्य डा। ताराप्रसाद जोशीले मन्त्री पद अस्वीकार गरेका छन् ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले जोशीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए । जोशीसहित एमालेका ३, माओवादीका ३ र एकीकृत समाजवादीका एक गरी ८ जनालाई मन्त्री नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए।

तर, जोशीले उक्त मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि मुख्यमन्त्रीले मन्त्रीहरूको नयाँ सूची प्रदेश प्रमुखको कार्यालयमा पठाएका छन् । मुख्यमन्त्रीले पठाएको पत्रमा जोशी बाहेकका ७ जनाको नाम उल्लेख गरिएको स्रोतको भनाइ छ । उनीहरूको केहीबेरमा शपथ हुँदैछ ।