काठमाडौ - किसान नेटको पाइलट प्रोजेक्ट सर्वेक्षण विर्तामोड कार्यशाला सम्पन्न भएको छ । किसान नेट र नेपाल कृषि सहकारी केन्द्रीय संघले सञ्चालन गर्न लागेको किसान नेट ब्रोडब्याण्डको पाईलट प्रोजेक्ट झापाको विर्तामोडमा एक विशेष समारोहका बीच सम्मपन्न गरिएको हो ।
किसान नेटका अध्यक्ष सूर्य भुसालको अध्यक्षतामा आयोजित समारोहमा नेपाल कृषि सहकारी केन्द्रीय संघकी उपाध्यक्ष मीना ढकालले कार्यशालाको उद्घघाटन गरेकी थिइन् ।
सात प्रदेशको १५ ग्रोथ सेन्टरमा साना किसानका पदाधिकारी,अगुवा, प्रबन्धक र उप प्रबन्धक सम्मिलित अभिमुखिकरण सम्पन्न गरेको किसान नेटले पूर्वको ईटहरीवाट पाईलट प्रोजेक्ट सर्वेक्षण कार्यशाला शुरु गरी विर्तामोड कार्यशाला सम्पन्न गरेको हो ।
झापाको विर्तामोडमा आयोजित समारोहमा झापा र इलामको अगुवा साना किसान, कृषि सहकारी संघका पदाधिकारी, प्रबन्धक तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
ग्राहक पनि मालिक पनि, किसानको नेट किसान नेट, किसान पथ महाअभियान भएको किसान नेटका अध्यक्ष सूर्य भुसालले प्रकाश पारेका थिए ।
