सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९३ दिन अगाडि
सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोबार

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भयेको हो । यस अघि सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।