काठमाडौ -नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड०ले हालै गरेको भारत भ्रमण र समकक्षी नरेन्द्र मोदीसँग भएको कुराकानीको जानकारी सदनलाई गराउन माग गरेको छ।
मंगलबार प्रतिनिधि सभामा समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले भारत भ्रमणमा भएको कुराकानीको जानकारी गराउन माग गरेका हुन्। ‘उहाँ ९प्रधानमन्त्री प्रचण्ड० ले हिजो आएर अखबारहरूसँग बोलेका कुरा हेरेँ। कुनै कुरा बाँकी छैन। सबै विषयमा कुरा भयो। हाम्रो सम्बन्ध मित्रतापूर्ण ढंगले अगाडि बढिरहेको छ भन्नुभयो। योभन्दा अगाडि पनि यसै भन्नुहुन्थ्यो। उहाँभन्दा अगाडिका प्रधानमन्त्रीले पनि त्यसै भन्नुभयो। तर सीमाका समस्या त्यत्तिकै छ। इपिजीको प्रतिवेदन त्यत्तिकै छ। सन् १९५० को सन्धिको विषय त्यत्तिकै छ। भारतसँग हाम्रा समस्याहरू जस्ताको तस्तै छन्,’ उनले भने।
उनले प्रधानमन्त्रीबाट जवाफका लागि सभामुखबाट रुलिङको पनि माग गरेर। ‘प्रधानमन्त्रीले बोलेर आएको कुरा संसदलाई जानकारी हुनुपर्छ। पहिले भन्ने ठाउँ यो हो। उहाँको भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय हितका, बहुपक्षीय हितका, सार्कका, नेपाल–भारतका बीचमा थाती रहेका केके विषयमा कुरा भयोरु,’ उनले भने। प्रधानमन्त्री लगायतहरू विदेश गएर आएपछि जानकारी गराउनुपर्ने सदनको विशेषाधिकार रहेको पनि बताए।
‘उहाँले संसदलाई सम्मान गर्ने हो भने आजै आएर आफ्नो भ्रमणबारे, त्यहाँ भएका कुराकानीको जानकारी दिनुपर्थयो। त्यसकारण प्रधानमन्त्रीज्यू रुलिङ होस्,’ उनले भने। एमाले सांसद पन्तले भारतमा रहेको सार्क विश्वविद्यालय आर्थिक हिसाबले नाजुक भएको प्रसंग पनि सुनाए। ‘सार्क लथालिङ्ग भयो। सार्कविश्वविद्यालय दिल्लीमा छ। सार्कको समयमा बैठक नबसेकाले विभिन्न देशहरूले बजेट रोकेका छन्। बजेट नभएर लथालिङ्ग हुने अवस्था छ। सार्कको अध्यक्ष भएको नेपालले यो विषयमा पहलकदमी लिनुपर्छ कि पर्दैनरु आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ कि पर्दैन,’ उनले भने।