यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ - नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसा रहेको छ । मंगलबार खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसाका दरले कारोबार भएको थियो ।  यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसा रहेको छ । मंगलबार खरिद दर १४३ रुपैयाँ २७ पैसा र बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको थियो ।

त्यस्तै, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ९६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ७३ पैसा रहेको छ । मंगलबार खरिद दर १६९ रुपैयाँ ४२ पैसा र बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको थियो ।  यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।