प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ -सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षकहरूमाथिको छलफल निरन्तर चल्नेछ । बुधवार को बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । 

बुधवार को बैठकमा सांसद प्रेम सुवालले विनियोजन विधेयक २०८१ अन्तर्गत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, अर्का सांसद अमरेशकुमार सिंह, अजय कुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले पनि ती मन्त्रालयहरूको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।  यसअघि हिजोको बैठकमा विनियोजन विधेयकअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका विभिन्न शीर्षकमा  छलफल भएको थियो ।