कर्णालीलाई अझै पनि विकास र संमृद्धिले छुन सकेको छैन- सङ्ग्रौला

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
कर्णालीलाई अझै पनि विकास र संमृद्धिले छुन सकेको छैन- सङ्ग्रौला

 काठमाडौ - नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले कर्णालीलाई अझै पनि लोकतन्त्र, विकास र समृद्धिले छुन नसकेको बताएकी छन् ।

सरकारले यही वर्ष ल्याएको नीति तथा कार्यक्रम र बजेटले पनि कर्णालीलाई छुन नसकेको उनको भनाइ छ । सल्यानमा आयोजित पत्रकार भेटघाटमा नेता सङ्ग्रौलाले आफूहरूको कर्णाली यात्राले पार्टीभित्र नयाँ जीवन जरुरी रहेको पाएको उल्लेख गर्दै पार्टीभित्र अन्तर्संवाद, रूपान्तरण एवम सुद्ध करण आवश्यक रहेको बताइन् ।

‘हामी कर्णाली यात्रामा हिँड्दा यहाँका बासिन्दाले लोकतन्त्र र समृद्धिको अनुभूत गर्न नपाएको, कार्यकर्ताहरू अन्यायमा पर्नुभएको पायौँ,’ उनले भनिन् । कर्णाली यात्राका क्रममा काँग्रेस पार्टीप्रति जनताले ठूलो अपेक्षा रहेको बताएको उनले बताइन् । धेरै जनताको अपेक्षा सरकार र पार्टीले पूरा गर्न नसकेको उनको भनाइ थियो । 

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको १७ वर्ष बित्यो । तर कर्णालीले लोकतन्त्रको अनुभूति गर्न पाएन । विकास र समृद्धिले कर्णालीलाई जोड्न सकेन, सरकार फेरियो कर्णालीका जनताको अनुहार फेरिएन, समस्या फेरिएन र गरिबिको रेखा मुनी रहेका जनतालाई काँग्रेसले हेर्नुपर्ने प्रस्ताव कर्णालीवासीले राख्नुभएको छ,’ उनले भनिन् ।  काँग्रेसले अन्य दलसँग गरेको गठबन्धनले धेरै कार्यकर्ताहरूलाई अन्याय भएको उनले बताइन् ।