सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न सांसद पन्तको माग

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९२ दिन अगाडि
सरकारी कर्मचारीको पीआर र दोहोरो नागरिकता छानबिन गर्न सांसद पन्तको माग

 काठमाडौ - सरकारी कर्मचारीसँग पिआर र दोहोरो नागरिकता भएको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले कर्मचारीहरूसँग पिआर र दोहोरो नागरिकता छ कि छैन, भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न दिएको निर्देशनको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अलमलिएको बताए ।

अख्तियारले कर्मचारीहरूसँग पिआर र दोहोरो नागरिकता रहेको र यस सम्बन्धमा छानबिन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको तर प्रधानमन्त्री कार्यालयबाट अगाडि नबढेको भन्दै उनले प्रश्न उठाएका हुन् । ‘‘कोको हुन् रु केही विशिष्ट श्रेणीका कर्मचारी पनि त्यसमा छन् रे । नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को हुनुहुँदो रहेछ त्यो हामीले चिन्न पाउनुपर्‍यो । छिटो कारबाही गरेर संसद्लाई जानकारी दिइयोस्,’ सांसद पन्तले भने ।