कोशी, बागमती र गण्डकी प्रदेशमा आज हल्का वर्षाको सम्भावना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९१ दिन अगाडि
कोशी, बागमती र गण्डकी प्रदेशमा आज हल्का वर्षाको सम्भावना

काठमाडौं । कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका केही ठाउँहरुमा भने मेघ गर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

विभागका अनुसार बिहीबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।