काठमाडौँ -जी–७ शिखर सम्मेलनले युक्रेनलाई जफत भएको रुसी सम्पत्तिबाट ५० अर्ब डलर ऋण दिने सहमति गरेको छ ।
सो रकम युक्रेनले रुसविरुद्धको युद्धमा खर्च गर्न सक्नेछ । इटालीमा जारी जी–७ राष्ट्रहरूको शिखर सम्मेलनले यस्तो सहमति दिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेले यसबाट हामीहरू पछि हट्दैनौँ भन्ने अर्को चेतावनीमूलक सन्देश दिएको बताएका छन् । यता रुसले भने यो ऋण सम्झौताको नतिजा धेरै पीडादायी हुने उल्लेख गरेको छ ।
सम्मेलनका क्रममा बाइडेन र युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको थियो । त्यस क्रममा उनीहरूले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । जी–७ मा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायत सदस्य छन् ।