बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय   

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६९० दिन अगाडि
बागमती मन्त्रिपरिषद् निर्णयः दोस्रो आवधिक योजना स्वीकृत, प्रदेश अस्पताल बनाउने निर्णय   

काठमाडौ - बागमती प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय आवधिक योजना स्वीकृत गरेको छ । 

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको दोस्रो आवधिक योजना ०८१\८२ देखि ०८५\८६ स्वीकृत गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले बताए । 
यस्तै आजकै बैठकले प्रदेश स्वास्थ्य नीति २०८१ पनि स्वीकृत गरेको छ । 

स्वास्थ्य मन्त्रालयले मकवानपुर जिल्लामा प्रदेश अस्पताल स्थापना गर्न अघि सारेको विषयलाई आजको बैठकले अस्पताल निर्माण अध्ययनका लागि नीतिगत सहमती दिएको पनि श्रेष्ठले बताए । 
बैठकले आयुर्वेद औषधि उत्पादन संहिता र आयुर्वेद औषधिको लेबल डिजाइन समेत स्वीकृत गरेको छ ।