पशुपति क्षेत्रमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८६ दिन अगाडि
पशुपति क्षेत्रमा कोटीहोम, राधिका दासी र दिनबन्धुलगायतले कथावाचन गर्ने 

काठमाडौँ । पशुपति मन्दिर क्षेत्र परिसरमा आगामी साउन महिनाभरी हुन लागेको कोटिहोम महायज्ञको ७५ प्रतिशत तयारी पुरा भएको छ ।

श्रीमद्भागवत कथा पुराण प्रवक्ता वालयोगेश्वर श्री विजय कृष्णमुर्तीका अनुसार मानव सेवा फाउन्डेसनलगायत झन्डै एक दर्जन संघ–संस्थाको आयोजनामा साउनमा हुने कोटीहोम महायज्ञको तयारीको ७५ प्रतिशत काम सम्पन्न भएको र बाँकी काम केही दिनमा नै सकिने छ ।ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ कोटीहोम महायज्ञ आयोजना गरिएको मानवसेवा फाउण्डेसनले जनाएको छ।

पशुपति वनकाली हंसमण्डपमा हुने ‘ऐतिहासिक श्रीपशुपति कोटीहोम एवं एकसय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ साउन १ देखि सुरु भएर साउन ३२ गतेसम्म चल्नेछ । महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचीका देवी प्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ।

एक महिने सो विराट ज्ञानमहायज्ञमा एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार एक सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने फाउण्डेसनले जनाएको छ ।

यसअघि मानवसेवा फाउण्डेसनले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा सहयोग पुर्याउन छुट्टाछुट्टै समय र स्थानमा श्रीमद्भागवद् लगाइसकेको छ। अभिभावक वीहिन अनाथ तथा आधारभूत आवश्यकताबाट बन्चित बालबालिकालाई निःशुल्क रुपमा गास, वास , कपास, स्वास्थ्य, शिक्षा र न्यानो माया मामाघर आश्रमले दिइरहेको छ।

आश्रममा देशका विभिन्न स्थानका ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रूपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएको विजय कृष्णमूर्ति जी महाराजले जानकारी दिए ।त्यस्तै बेसाहरा, पीडित, दुखी, गरिब र आधारभूत अवश्यकताबाट बन्चित करिब २० जना बेसहारा आमाबुबाले ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रममा आश्रय प्राप्त गर्दै आएका छन्। हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको छ ।

देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ।काईत्रममा सयौँ गुरुहरू, कलाकारहरू तथा अतिथिहरूको भोजन प्रसादको व्यवस्थापन भने सुमार्गी भवन क्षेत्रमा गरिनेछ ।  सुमार्गी भवन बाहिर दाँयाबाँया खालि स्थानमा एकातर्फ राष्ट्रिय भजन प्रतियोगिता जस्ता विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना र भक्तालुहरूको लागि विशेष प्रसादको व्यवस्था गरिनुका साथै रक्त दानको पनि कार्यक्रम पनि गरिने छ 

अर्कोतर्फ एक करोड पार्थिव शिव लिङ्ग निर्माण गरि एक करोड बेलपत्र दुरा शिव पुजन गरिने कार्यक्रम पनि रहेको छ । त्यस्तै देश विदेशमा रहने आम नेपालीहरूको शुख शान्ति र समृद्धिको कामना गर्दै बागमती किनार छेत्रमा २१ करोड दीप पनि प्रज्वलन गरिनेछ । महायज्ञमा आउने गुरुहरू, कलाकारहरुको अतिथिहरु आम भक्तजनहरूलाई बस्ने विशेष व्यवस्था पशुपती आसपासका धर्मशाला क्षेत्रमा गरिएको छ ।