रैथाने खानलाई उत्पादनमूलक बनाउन कानून आवश्यक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८४ दिन अगाडि
रैथाने खानलाई उत्पादनमूलक बनाउन कानून आवश्यक

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले सरकारले रैथाने वालीबाट उत्पादन हुने खानालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएकी छन् । 

बिहीबार ग्यास्ट्रोनोमी टुरिजम एसोसिएसन अफ नेपालको चौथो वार्षिकोत्सव समारोहमा उनले आधुनिकतामा ढल्कने नाममा रैथाने खानालाई बिर्सिएको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताइन ।

उनले भनिन्, ‘हामी आधुनिकतामा ढल्कने हिसाबले विभिन्न रोगहरू निम्ताइरहेका छौं । तर भएका कयौँ रैथाने पौष्टिक खानाहरूलाई बिर्सिरहेका छौं । वास्तवमा सरकारले यसलाई प्रोत्साहन गर्नुपर्छ, आफ्नो अङ्गको रुपमा हाम्रो रैथाने खानाहरूलाई राख्नुपर्छ ।’ यस्तै, उनले सरकारले रैथाने खानालाई उत्पादनमूलक बनाउनको लागि कानून पनि बनाउनुपर्ने बताइन् । 

उनले भनिन्, ‘सरकारले रैथाने खानाहरूलाई कसरी उत्पादनमूलक बनाउने भन्ने कुरामा पनि सोच्न आवश्यक छ । यसको लागि संसदमा पनि छलफल गरेर कानून बनाएर लागू गर्नु पर्छ र यसमा सबैको साथ आवश्यक हुन्छ ।’