जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो : गृहमन्त्री लामिछाने 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६१ दिन अगाडि
जीबी राई कहाँ छन् भन्ने थाहा भइसक्यो : गृहमन्त्री लामिछाने 

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लाखौँ बचतकर्ताको अर्बौं रकम अपचलन गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राईको लोकेसन पत्ता लागिसकेको दाबी गरेका छन् । 

बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले जीबी राई कहाँ छन् भन्ने पत्ता लागिसकेको दाबी गर्दै कूटनीतिक पहलमा ढिलाइ भइरहेको बताए । 

‘जीबी राई कहाँ छन् भन्ने हामीलाई थाहा भइसकेको छ । मलाई मलेसियाको गृहमन्त्रीले नै कन्फर्म गर्नुभएको छ । अनुसन्धानमा हामीले धेरै काम गरेर नजिक आएका छौँ । यो बिचमा दुई पटक मलेसियाका गृहमन्त्रीसँग कुराकानी भएको छ ।’

मलेसियासँग सुपर्दुगी सन्धी नभएका कारण कूटनीतिक पहलमा समय लागेको उनले बताए ।