भारत भ्रमणबारे प्रधानमन्त्री दिए सदनमा जवाफ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६० दिन अगाडि
भारत भ्रमणबारे प्रधानमन्त्री दिए सदनमा जवाफ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाका विशेषमा छलफल गर्न नभई अनौपचारिक भ्रमण रहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन दाहाल जेठ २७ र २८ गते भारत भ्रमणमा गएका थिए ।

‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न होइन । जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो । सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो । यो पटकको भ्रमण त्यो किसिमको होइन,’ उनको भनाइ छ । 

केही सांसदहरुले आफूलाई संसदमा आउन किन डराएको भनेको उल्लेख गर्दै आफूले आज प्रश्न सोध्ने सांसदहरूलाई सदनमा उपस्थित नभएको उल्लेख गरे ।