शुक्रवारदेखि प्रदर्शनमा आउने ‘दान्भी’ले कति पायो शो?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८६१ दिन अगाडि
शुक्रवारदेखि प्रदर्शनमा आउने ‘दान्भी’ले कति पायो शो?

काठमाडौँ -असार ७ गते शुक्रवारदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘दान्भी’ले उत्साहजनक शो पाएको छ ।

 फिल्मका लागि बुधवारदेखि नै मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् भने क्युएफएक्सनले पहिलो दिन अर्थात शुक्रवारका लागि फिल्मलाई काठमाडौंमा १६ शो दिएको छ । त्यस्तै  काठमाडौँ बाहिर  ३१ शो उपलब्ध गराउँदा आईएनआईले १२ शो, वान सिनेमाजले ७ शो दिएका छन् । फिल्मलले एफक्युब, बिएसआर, बिग मुभीज, रञ्जना सिनेप्लेक्स लगायतका मल्टिप्लेक्स हलमा पनि फिल्मले उत्साहजनक शो पाएको छ ।

उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौली लगायतका प्रमुख सहरसहित ५५ वटा सिनेमा हलमा यो फिल्म रिलिज हुँदै छ ।अभिनेत्री पूजा शर्माले पहिलो पटक एक्सन भूमिका निर्वाह गरेको यो फिल्म रूपेश तामाङको निर्देशनमा बनेको हो । फिल्ममा पूजासहित कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङ लगायत कलाकारको पनि अभिनय छ ।