लागू औषध प्रयोगकर्ताको संख्या बढ्दो 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८९० दिन अगाडि
लागू औषध प्रयोगकर्ताको संख्या बढ्दो 

काठमाडौं । अवैध लागू औषध प्रयोगकर्ताको तथ्याङ्क डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशिक रोजगारीमा सहजतासँगै अवैध लागू औषध प्रयोगकर्ता सहरमा मात्र नभई गाउँ गाउँसम्म रहेको पाइएको छ । 

गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको भएपनि यो सङ्ख्यामा वृद्धि निरन्तर वृद्धि भइरहेको बताएका छन् ।  

अर्यालले भने, ‘सहरमा मात्र नभई गाउँमा पनि लागू औषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । यसबाट पीडितहरूको संख्या समेत वृद्धि भइरहेको छ । यस्तो खालको विकृति विसङ्गतिलाई निर्मूल पार्नका लागि सरकार, नेपाल प्रहरी र सबै लागि रहेका छौं ।  अब वर्षदिन भरिमा ७५३ वटै स्थानीय तहहरूमा नेटवर्क विस्तार गर्नुपर्नेछ । लागु औषधलाई नेपाली समाजबाट निस्तेज  पार्न आवश्यक छ । बढ्दो विश्वव्यापीकरण र पर्यापर्यटनको विकाससँगै सहरीकरण र खुला सीमानाका, वैदेशिक रोजगारीको सहजतालगायतका कारणले लागु औषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।’

लागू औषध प्रयोग गर्नेहरूमा विषेशगरी किशोराअवस्थाका केटाकेटीहरूको संलग्नता पाइएको अर्यालले बताए । लागू औषध दुर्व्यसन गर्ने नवीनतम प्रविधिको प्रयोग समेत बढेको अर्यालको भनाइ छ ।