काठमाडौं- नेपाल आइडल सिजन ५ को फाइनालिस्ट करण परियारले न्य्हू बज्राचार्यको संगीत रहेको नयाँ गीत रेकर्ड गरेका छन् ।
नेपाल आइडलको आउँदो शनिवार अर्थात् असार ८ गते फिनाले हुँदैछ तर त्यस अघि नै न्य्हू बज्राचार्यले आफ्नो बचन पुरा गर्दै करणलाई गीत रेकर्ड गराएका हुन् ।
अडिसनमा करणको स्वर सुनेपछि न्य्हूले एउटा गीत करणलाई दिने बचन दिएका थिए । सोही अनुसार नै करणले न्य्हू को गीत गाएका हुन् ।
गीत गाएबापत करणले २० हजार पारिश्रमिक समेत पाएका छन् । करणले गाएको ‘बादल घटामा’ बोलको याो गीत चाडै सार्वजनिक हुने बताइएको छ ।
नयाँ गीतमा गोपाल प्याकुरेलको शब्द रचना र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
गीत गाएबापत उनले २० पारिश्रमिक समेत पाएका छन् । नेपाल आइडलको फिनालेमा करण सँगै सलोमी गुरुङ, सचिन विश्वकर्मा र मोहित भुजेल पुगेका छन् ।
हाल नेपाल आइडलबाट करण चर्चामा रहेका करणका लागि धेरै गीतको अफरसमेत आइरहेको बताइएको छ ।