काठमाडौँका विभिन्न स्थानमा प्राधिकरणले २ दिन विद्युत् आपूर्ति बन्द गर्ने - सूचनासहित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८२ दिन अगाडि
काठमाडौँका विभिन्न स्थानमा प्राधिकरणले २ दिन विद्युत् आपूर्ति बन्द गर्ने - सूचनासहित

काठमाडौं । काठमाडौँका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति केही समयका लागि बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले माता तीर्थ सब स्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा शनिबार र आइतबार दुई दिन पाँच घण्टा आपूर्ति बन्द गर्ने जानकारी गराएको छ । 

मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको माता तीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो । 

प्राधिकरणले शनिबार माता तीर्थ,सतुंगल, मच्छेगाउँ,  फर्पिङ फिडर अन्तरगत बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । 

यस्तै, भोलि (आइतबार) पनि  माता तीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडरमा ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्ने सूचनामार्फत जानकारी गराएको छ ।