तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा झापामा एक जनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो अन्य दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।