नेपाल आइडल सिजन–५ को विजेता बने बर्दियाका करण परियार 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८१ दिन अगाडि
नेपाल आइडल सिजन–५ को विजेता बने बर्दियाका करण परियार 

काठमाडौं । करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्। 

शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए । उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले । यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने ।

गुरुङले १० लाख नगद पाउँदा विश्वकर्माले ५ लाख हात पारे ।नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन् ।चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकहरू न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् ।