एकैदिन सुनको भाउ तोलामा २७ सय घट्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५८ दिन अगाडि
एकैदिन सुनको भाउ तोलामा २७ सय घट्यो

 आइतबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४२ हजार रुपैयाँ तोकेको छ ।यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ थियो । जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । शुक्रबार प्रतितोला १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय १५ रुपैयाँमा झरेको छ ।