काठमाडौं । रक्षा मन्त्री हरि उप्रेतीले, नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा कुनै किसिमको भेदभाव नरहेको दाबी गरेका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री उप्रेतीले नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव नहुने बताएका हुन् । उनले भने, ‘नेपाली सेनाको भर्ना प्रक्रिया तथा सरुवा बढुवामा भेदभाव सम्बन्धमा प्रश्न उठेको छ । नेपाली सेनामा कुनै जात जाति धर्म वर्ग समुदाय र क्षेत्रको आधारमा भेदभाव हुँदैन । र हुने छैन् र त्यस्तो भएमा मेरो जानकारीमा आउँनुपर्यो । किनकी नेपाली सेनाभित्र ने भेदभाव भयो भने द्धोन्द्धको कहिल्यै अन्त्य हुँदैन । जहाँ भेदभाव हुन्छ त्यहाँ विद्रोह र द्धोन्द हुन्छ । त्यहीबाट द्धोन्द्ध पीडित निस्कँदा अर्को चरणको द्धोन्द सुरु हुन्छ ।’
मन्त्री उप्रेतीले राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको जानकारी दिए । राष्ट्रिय सुरक्षा सम्बन्धी वक्तव्यहरु दिनेहरू विदेशमा गएर फेटा बाँध्दै पासपोर्ट एउटै भएपनि हुन्छ भन्ने र नेपाल आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई सुरक्षा परिषद्को विधेयकले नियाल्ने कारण चाँडो पारित गर्न जरुरी रहको उनको भनाइ छ । ‘रक्षा मन्त्रालयको विशेष चासोमा राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भई हाल प्रक्रियामा अगाडि बढिरहेको छ ।
म मन्त्रालयमा आएपछि राष्ट्रिय सुरक्षा सम्बन्धी विधेयक अगाडि बढाएको जानकारी गराउन चाहान्छु । र राष्ट्रिय सुरक्षा सम्बन्धी वत्तव्यहरु दिने विदेशमा गएर फेटा बाँधदै पासपोर्ट एउटै भएपनि हुन्छ भन्ने र यहाँ आएर नेपाली सेनाको विरोध गर्ने कुरालाई पनि जानकारीको रुपमा सुरक्षा परिषद्को विधेयकले त्यसलाई नियाल्ने छ । त्यो विधेयकलाई पनि यहाँ पारित गर्न जरुरी छ’, मन्त्री उप्रेतीले भने ।