एउटा जमात अवैध सम्पत्ति लुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछ : मन्त्री अर्याल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८१ दिन अगाडि
एउटा जमात अवैध सम्पत्ति लुकाउन सिंगो सहकारीकै बदनाम गर्दैछ : मन्त्री अर्याल

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिंगो संस्थालाई नै बदनाम गराउँने काम भइरहेको बताए । उनले भने, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौँ मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुन आफूसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठूलो सहयोग गर्यो । हामीले यी कुराहरूलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरू जो औँलाले गन्दा भ्याउने छन् ।

त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न सँग संस्था महासङ्घहरू खुलेर नै लागि पर्छन् ।’उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे । उनले भने, ‘अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त ।

अर्को जमाद आफूहरूले राखेका अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गरिरहने प्रयासमा लागिरहेका छन् । त्यसैले सहकारीले यो देशको अर्थतन्त्रलाई चलायमान बनाउनको लागि के कस्तो योगदान पुर्याएको छ । सुसूचित गराउन आवश्यक छ ।’