मिस नेपाल नर्थ अमेरिकाका शीर्ष २० प्रतियोगीहरुको सूची सार्वजनिक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८१ दिन अगाडि
मिस नेपाल नर्थ अमेरिकाका शीर्ष २० प्रतियोगीहरुको सूची सार्वजनिक

 काठमाडौ -मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) २०२४ का लागि  शीर्ष २० प्रतियोगीहरुको नामावली प्रकाशित गरिएको छ ।

आयोजक संस्थाले एक विज्ञप्ति जारी गर्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी हुने शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको नाम सार्वजनिक गरिएको जानकारी गराएको हो ।

शीर्ष २० मा पुग्ने प्रतियोगीहरुमा मीनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी अन्ना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल, मेरिल्याण्डकी न्यान्सी क्षेत्री, न्यूजर्सीकी ओनिकाबानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, टेक्ससकी सरिता थागुना, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल, क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार र क्यालिफोर्नियाकी उषा शाह रहेका छन् । मिस नेपाल नर्थ अमेरिकाको ग्राण्ड फिनाले अगस्त ३ मा न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुममा हुनेछ ।