रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेलाई बढुवाका लागि सिफारिस

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८० दिन अगाडि
रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेलाई बढुवाका लागि सिफारिस

काठमाडौं - प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् । 

गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।  सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बडुवा समितिका सदस्य–सचिव बसन्त बहादुर कुँवरले जानकारी गराएका छन् ।  प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार पोखरेललाई सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।