सुनचाँदीको मूल्यमा वृद्धि 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८० दिन अगाडि
सुनचाँदीको मूल्यमा वृद्धि 

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर कारोबार भैरहेको छ ।  आज नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज चाँदीको मूल्यमा ५ रुपैयाँ बढेर तोलामा एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ ।