प्रधान  सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६८० दिन अगाडि
प्रधान  सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । 

सोमबार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गर्दै प्रधान सेनापति शर्माले उल्लेखित पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।  

आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूलाई प्रधान सेनापति शर्माले बधाई दिँदै सैनिक जीवनमा सफलताको शुभकामना समेत व्यक्त गरे ।